चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । चुनावी रणनीति बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे सचिवालय बैठक बस्ने भएकाे छ ।

केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको एमालेले जनाएकाे छ ।

बैठकमा आगामी चुनावको तयारीका अलाबा पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारेसमेत छलफल हुने बुझिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *