पाठ्यपुस्तक अभाव गराउन भूमिका खेलेकाे भन्दै जनक शिक्षाका प्रमुखमाथि दुर्व्यवहार

काठमाडाैँ । जनक शिक्षा सामाग्री केन्द्रका प्रमुख अनिलकुमार झामाथि दुर्व्यवहार भएको छ । उनीमाथि शुक्रबार दिउँसाे दुर्व्यवहार भएकाे हाे । उनीमाथि दुर्व्यवहार भएकाे भक्तपुर प्रहरीका प्रवक्ता राजु पाण्डेले पुष्टि गरे । ‘हाे उहाँमाथि आजै दिउँसाे दुर्व्यवहार भएकाे हाे,’ ती उनले मकालुखबरसँग भने, ‘त्यहाँ प्रहरी पुगिसकेकाे छ ।’

उनकाअनुसार प्रमुख झामाथि पाठ्यपुस्तक अभाव गराउन भूमिका खेलेकाे भन्दै कालाे माेसाे दल्न प्रयास गरिएकाे ती अधिकारीले बताए । ‘पाठ्यपुस्तक अभाव गराएकाे भन्दै उहाँमाथि दुर्व्यवहारकाे प्रयास भएकाे हाे । हामी पुस्तक व्यापारी हाैँ भन्दै छिरेका केही अपरिचितहरूले उहाँमाथि दुर्व्यवहारकाे प्रयास गरेका हुन्,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *