युवासंघका केन्द्रीय सदस्यविरुद्ध जुरेलीले दिइन् उजुरी
२०७९ असार १७ गते

काठमाडाैँ । ललितपुरको फर्सिडोलमा धान रोप्ने क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै रेस्लर अस्मिता जुरेलीले प्रहरीमा जाहेरी दिएकी छिन् । असार १५ मा युवासंघले आयोजना गरेको धान दिवसमा युवासंघका केन्द्रीय सदस्य हिकमत बोहरा उर्फ हिलारीले आफूलाई दुर्व्यवहार गरेको जुरेलीको आरोप छ ।
उजुरी परेकाे र अनुसन्धान शुरू हुने ललितपुर प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहकाअनुसार आराेपित बाेहरा बझाङका हुन् । यसअघि ललितपुर महानगरपालिका २२ स्थित फर्सिडोलमा हिलो खेतमा जुरेलीमाथि दुर्व्यवहार भएको भिडिओ सामाजिक सञ्जाहरूमा भाइरल बनेकाे थियाे ।

२०७९ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








