बामदेवको छटपटी !

काठमाडाैँ । नेपालका कम्युनिस्ट पार्टीहरू छरिएर रहन नहुने मान्यता राख्दै आएका बामदेव गौतमले बुधबार नयाँ पार्टी नै घोषणा गरे । पार्टी घोषणा गरेपछि उनको छटपटी निकै बढेको छ । उनी कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूलाई भेटेर सके सबै कम्युनिस्टहरूसँग एकता नसके आफ्नो पार्टीसँगको एकताको पहल गरिरहेका छन् ।

बामदेव गौतमले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे । ओलीलाई भेट्न गौतम बिहीबार बिहान बालकोटस्थित ओली निवास गएका थिए । भेटमा गौतमले ठूलो पार्टीको हैसियतमा एमालेले कम्युनिस्टहरुबीच एकताको अभियान सुरु गर्नुपर्ने मत राखे ।

नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार सकेसम्म वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयास अन्तर्गत गौतमले ओलीलाई भेटेका हुन् ।

गौतमले ओलीपछि अन्य नेताहरूसँग पनि भेटवार्ता गरेका छन् । प्रचण्डसँग पनि भेटेर गौतमले कम्युनिस्टहरुबीच एकता गर्नुको विकल्प नरहेको बताए । नेताहरूका अनुसार, कम्युनिस्ट एकताका लागि सबैले लचकता अपनाउनुपर्ने प्रस्ताव गौतमले प्रचण्डसामु राखेका छन् ।

कम्युनिस्ट आन्दोलन एकताबद्ध बनाउने उद्देश्यले नयाँ पार्टी घोषणा गरेका बामदेव गौतमको छटपटी बढेको छ । उनी कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूलाई भेटेर सके सबै कम्युनिस्टहरूसँग एकता नसके आफ्नो पार्टीसँगको एकताको पहल गरिरहेका छन् ।

गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतसँग पनि भेट्ने तय भएको छ । निरन्तर कम्युनिस्ट एकताका लागि अभियान चलाउँदै आएका गौतमको पार्टी नै घोषणा गरेपछि छटपटी बढेको हो । गौतमले आफ्नै नेतृत्वमा १४ असारमा मात्रै नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका छन् । बीडी कार्कीलाई सचिव राखेर गौतमले घोषणा गरेको ७५ सदस्यीय केन्द्रीय कमिटी रहेको एकता अभियानले तीन महिनासम्म एकताको प्रयत्न गर्ने जनाएको छ ।

एकता नभए चुनावी तालमेल गर्नुपर्ने गौतमको तर्क छ । यदि तालमेल समेत नभए कम्युनिस्ट आन्दोलन सकिने उनले बताउँदै आएका छन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फेरि ब्युँताउन २ जेठ २०७५ को सहमति संशोधन गर्न सकिने गौतमको सुझाव छ ।

त्यसबेला दुई अध्यक्षको व्यवस्था भएपनि अब एकल अध्यक्ष राखिनुपर्ने गौतमको प्रस्ताव गरेका छन् । अर्का सहअध्यक्ष र कार्यकारी महासचिवको व्यवस्था गर्न सकिने पनि उनको भनाइ छ । गौतम नेकपा विभाजन हुँदै कतैपनि लागेका थिएनन् । तर त्यसबेलाको नेकपा अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =