‘उम्मेदवार स्वतन्त्र हुन्छन् स्वतन्त्र पार्टी हुँदैन’

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार केही स्थानमा विजयी भएपछि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि स्वतन्त्रको उत्साह जागेको छ । त्यसका लागि कतिपयले उम्मेदवारी नै घोषणा गरेका छन् भने स्वतन्त्र अभियानका रूपमा दल नै खडा गरिएको छ ।

तर बौद्धिक र प्राज्ञिक क्षेत्रका अगुवाले यस्तो स्वतन्त्रताको बहस निर्दलीय निरर्थक रहेको बताए । उनीहरूले यस्तो गतिविधिले बहुदलीय लोकतान्त्रिक पद्धतिलाई कमजोर पार्ने पनि बताए । उनीहरूले लोकतान्त्रिक व्यवस्थाकै कारण यस्ता गतिविधि र बहस गर्न पाएको पनि बताए ।

प्राडा मीना वैद्य मल्ल, अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राडा गान्धी पण्डित र लेखक/पत्रकार किशोर नेपालले लोकतन्त्र र सङ्घीयतालाई गतिशील बनाउन राजनीतिक दलहरू सुदृढ बन्नुपर्ने, समयसापेक्ष रूपमा आन्तरिक रूपान्तरित र जनताका आकाङ्क्षा सम्बोधन गर्न अझ प्रतिबद्ध हुनुपर्ने बताए । -गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *