राष्ट्रपतिसमक्ष भारतीय राजदूतबाट प्रमाणपत्र पेश
२०७९ असार १६ गते

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नेपालका लागि मित्रराष्ट्र गणतन्त्र भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित सो अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।
२०७९ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित








