राप्रपा नेपाल कर्णाली प्रदेश अध्यक्षमा ईश्वर श्रेष्ठ

सुर्खेत । राप्रपा नेपाल कर्णाली प्रदेशको अध्यक्षको जिम्मेवारी ईश्वर श्रेष्ठले पाएका छन् । सुर्खेतमा जारी कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी श्रेष्ठले पाएका हुन् ।

पार्टीका अध्यक्ष कमल थापाले श्रेष्ठलाई जिम्मेवारी दिँदै बधाईसहित शुभकामना व्यक्त गरेका छन् । जिम्मेवारी प्राप्त जाेशी हाल केन्द्रीय सदस्यको भूमिकामा थिए । उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि राजनीतिमा संलग्न थिए भने पहिला पनि जिल्ला र प्रदेश समितिमा बसी जिम्मेवारी बहन गरिसकेका छन् ।

प्रदेश अध्यक्षको जिम्मेवारी पाए पछि श्रेष्ठले कर्णाली प्रदेश भौगोलिकरूपमा दुर्गम भएता पनि त्यो चुनौतीलाई पार गर्दै राप्रपा नेपालको बलियो संगठन निर्माण गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =