कांग्रेस-कम्युनिस्टबिच चुनावी तालमेल हुनु संविधानकाे उल्लंघन : नेता रावल

काठमाडाैँ । नेकपा एमालेका नेता भीम रावलले कांग्रेस र कम्युनिस्टबिचकाे चुनावी तालमेल हुनु संविधान विपरीत भएकाे बताएका छन् ।

बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जित्नका लागि फरक दर्शन र सिद्धान्त भएका दल मिलेर चुनाव लड्नु संविधानकाे उल्लंघन भएकाे बताएका हुन् ।

विपरीत सिद्धान्त भएका राजनीतिक दलहरू चुनावी तालमेलमा जानु संविधानको धारा २६९ को उलंघन भएको रावलको भनाइ छ।

‘समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिरूले धारा १७ को उपधारा (२) को खण्ड (ग) अन्तर्गत बनेको कानुनको अधिनमा रही राजनीतिक दल गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमार्फत् जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचार र प्रसार गर्न, गराउन वा सो प्रयोजनका लागि अन्य आवश्यक काम गर्न सक्नेछन्’, उनले संविधानको व्यवस्था पढेर सुनाउँदै भने,

उक्त संवैधानिक व्यवस्थाले समान विचारधारा र दर्शन भएकाहरू मिलेर उक्त विचारमा जनताको समर्थन जुटाउने स्पष्ट रूपमा भनिएको उनले बताए । तर, अहिले विचारधारा नमिल्ने र फरक दर्शन भएकाहरु मिलेर जनताको समर्थन लिन तालमेल भएकाले उक्त कुरा संविधान प्रतिकूल भएको रावलको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =