महाकालीमा जलस्तर बढ्नसक्ने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज महाकाली नदीमा जलस्तर बढ्नसक्ने जनाएको छ । आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म भारतस्थित तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लसिङको कार्य हुने भएको छ ।

उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने जानकारी भारतीय पक्षले गराएको छ । जसलेगर्दा महाकाली नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको प्रशासनले जनाएको छ । महाकाली नदी आसपासका बासिन्दालई उच्च सतर्कता अपनाउन आग्रह गरिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *