काठमाडौँ उपत्यकामा १४ जनामा हैजा संक्रमण पुष्टि
२०७९ असार १५ गते

काठमाडौँ । काठमाडौँ उपत्यकामा हैजा संक्रमितको संख्या १४ जना पुगेको छ । उपत्यकामा पछिल्लो १३ दिनभित्र १४ जनामा हैजाको संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा असार २ देखि बुधवारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइन् ।
उनका अनुसार ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने इकालाइ जीवाणु भेटिएको छ । हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
२०७९ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित








