जनतान्त्रिक मुक्ति मोर्चाले गृहमन्त्री खाणलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणलाई डा. मनोजकुमार झा नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले ठोस एवं निर्णायक पहल कदमीका लागि भन्दै आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

गृह मन्त्रालयमा अपराह्न बुझाएको ध्यानाकर्षण पत्रमा मोर्चा र सरकारबिच २०६८÷०९÷२६ गते भएको सम्झौता, लगायत विभिन्न संसदीय न्यायिक र राजनीतिक वार्ता समितिले मोर्चासँग गरिएका सहमति र सम्झौता कार्यान्वयन गर्न माग गरिएको छ ।

मोर्चाले सहमति कार्यान्वयन नहुँदा मोर्चाका नेता कार्यकर्ता वर्षौंदेखि कारागारमा रहन बाध्य भएको भन्दै सहमति कार्यान्वयन गरेर छोड्न आग्रह गरेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री खाँणले यथार्थता बुझेर समस्या समाधानका लागि पहल गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + six =