घुमुवा प्रहरी हुँ भन्दै डरधम्की देखाउने १ जना पक्राउ

रौतहट । आफू नेपाल प्रहरीको घुमुवा प्रहरी हुँ भन्दै डर धाकधम्की देखाई सर्वसाधरणलाई दुःख र हैरानी दिएको अभियोगमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका-९ सिन्धुरेघारी टोल बस्ने ३२ वर्षीय सुमन बस्नेत रहेकाे प्रहरीले जनाएकाे छ । उनलाई सोमबार राति पक्राउ गरिएकाे हाे ।

उनले चन्द्रपुर नगरपालिका-४ स्थित राजमार्गका यात्रु तथा सोही ठाउँस्थित चोकमा मानिसहरू र स्थानीय होटलहरूमा हैरानी दिएका थिए ।

उनीमाथि अभद्र व्यवहार शीर्षक मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ६ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *