मूल्यवृद्धि नियन्त्रण गर्न देशव्यापी बजार अनुगमन गरिने

काठमाडौँ । महँगी नियन्त्रणका लागि सरकारले देशभर बजार अनुगमनलाई तीव्र बनाउने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाहलमा बुधबार पत्रकार सम्मेलन गरी मन्त्री दिलेन्द्रप्रसाद बडूले यस्तो बताएका हुन् ।

संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहलगायतका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन गर्ने निर्णय भएको मन्त्री बडूले बताए । इन्धनको मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको वृद्धि पेट्रोलियमका मूल्य घटेपछि मूल्य घटाउन अनुगमन गरिने उनलेब ताए ।

बजार अनुगमनका लागि अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रसासन र स्थानीय तहलाई पत्राचार गरिसकिएको समेत उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *