चीनसँगकाे भन्सार नाकामा व्यवसायीलाई सहज आवतजावतकाे व्यवस्था गर्न आग्रह

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले चीनसँग जोडिएका नेपाली भन्सार नाकामा नेपाली व्यवसायीलाई सहजरूपमा आवतजावतको व्यवस्थाका लागि पहल गर्न आग्रह गरेको छ ।

बुधवार काठमाडौँमा चीनका लागि नेपालका नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठलाई बिदाइ एवं सम्मान गर्दै महासंघले केरुङ, तातोपानीलगायतका नाकामा आवतजावतका लागि सहजीकरणको लागि पहल गर्न आग्रह गरेका हुन् ।

सो क्रममा राजदूत श्रेष्ठले व्यवसायीलाई परेको समस्या आम देशवासीको समस्यालाई प्राथमिकतामा राख्ने बताए । नाकाभित्र रहेका समस्या समाधान गरी नाकालाई सहज बनाउन आफ्नो प्रयत्न हुने उनको भनाई छ । उनले भिसा समस्या समाधानका लागि पनि आफूले छलफल गर्ने जिकिर गरे ।

महासंघले चीनबाट आयात गरिने आधिकारिक ब्राण्डेड सामान तथा औषधिजन्य कच्चापदार्थको सहजीकरण गर्नुपर्ने, कृषिजन्य रासायनिक मल तथा बीउ बिजनको आयातमा सहजीकरणको साथै व्यवसायीलाई सहज रूपमा भिसाका लागि पनि पहल गरिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *