१७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेकाे अभियाेगमा १ जना पक्राउ

दाङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङकाे बबई गाउँपालिका-२ बाट १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३५ वर्षीय बाबुराम थापा रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरी चौकी पुरनधाराबाट खटिएको प्रहरीले उनलाई मंगलवार पक्राउ गरेको हो ।

उनले साेही ठाउँकाे विजयनेटास्थित धारामा पानी भर्ने क्रममा किशोरीमाथि जबरजस्ती करणी गरेकाे प्रहरीले जनाएकाे छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *