बलात्कार आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ

धनगढी । बैतडीमा बलात्कारको आरोपमा एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको मेलौली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष शरदसिंह नेगी र स्थानीय केशवसिंह पक्राउ परेका हुन् ।

पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाध्यक्ष नेगी र सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । पीडितको जाहेरीका आधारमा उनीहरूलाई मंगलबार नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता जोशीले बताए ।

अदालतबाट म्याद थपेर उनीहरूमाथि थप अनुसन्धान गरिने उनले बताए । नेगी गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *