प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच दुई घण्टा छलफल

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज मंगलबार साँझ भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवा आज मंगलबार मन्त्रिपरिषद् बैठक सकिएलगत्तै शिलतनिवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा लामो कुराकानी भएको राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग सरकारका काम कारबाहीबारे बिफ्रिङ गर्नुका साथै बाढी पहिरो तथा स्थानीय निकायबीच समन्वय गरेर सरकारले काम गर्ने विषयमा कुराकानी गरेका छन् । दुईबीच असंलग्न परराष्ट्र नीति र नेपालको पोजिसन, मल अभाव लगायतका विषयमा समेत कुराकानी भएको जनाइएको छ ।

छलफलका क्रममा राष्ट्रपति भण्डारीले मलका विषयमा दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह समेत गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *