खुल्याे वामदेवकाे नयाँ दल, यी हुन् सचिवालय सदस्य (सूचीसहित)

काठमाडाैँ । वामदेव गाैतमकाे दल नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानमा ७५ सदस्यीय केन्द्रीय कमिटी रहने भएकाे छ । यसअघि ६९ सदस्यीय भनिएपनि शक्ति सन्तुलन मिलाउने क्रममा केही सदस्य थपिएकाे प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले बताए ।

घोषित नयाँ पार्टीमा वामदेव आफैँ संयोजक छन् भने डीबी कार्कीलाई सचिव तोकेका छन् । सचिवालय सदस्यहरूमा भने ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, नीमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् ।

सचिवालयमा अर्का एकजना सदस्य पछि थपिने पाण्डेले बताएका छन् । वामदेवकाे पार्टीले अन्य पार्टीहरूसँग एकता संवादका लागि आफ्नै संयोजकत्वमा समिति बनाएका छन् । गाैतमको संयोजकत्वमा रहने वार्ता टोलीमा सचिवालयका सदस्यहरूलाई राखेर टोली बनाइने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *