वामदेवकाे प्रष्टाेक्ति- आफैँले निर्माण गरेकाे आन्दाेलन भत्किँदा हेरिरहन नसकेर पार्टी बनाएँ

काठमाडाैँ । नवगठित दल नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयाेजक वामदेव गाैतमले पदकाे आकांक्षी भएर पार्टी नखाेलेकाे जिकिर गरेका छन् । मंगलबार रिपाेटर्स क्लबमा आयाेजित पत्रकार सम्मेलनमा उनले भने, ‘म कुनै पनि पदमा रहन वा रहिरहनका लागि पार्टी निर्माण गरेकाे हाेइन । मलाई कुनै पदकाे आकांक्षा छैन ।’

पार्टीमा परिवारका सदस्यहरू राखिएकाेबारे गरिएकाे प्रश्नमा उनले भनेका छन्, ‘हाे मेरी श्रीमती र छाेरालाई पार्टीमा राखिएकाे छ । किनकी मेराे सिङ्गाे परिवार कम्युनिष्ट आन्दाेलनमा छ । म आफैँ पनि ७ वर्षकाे उमेरमा राजनीतिमा लागेकाे हुँ । मेराे बहिनीदेखि सबै-सबै परिवारका सदस्यहरू कम्युनिष्ट आन्दाेलनमा छाैँ ।’

उनले आफूले निर्माण गरेकाे कम्युनिष्ट आन्दाेलन भत्किरहँदा हेरिरहन नसकेर पार्टी निर्माण गरेकाे प्रष्टाेक्ति दिएका छन् । ‘म ७३ वर्ष पुगेँ । मलाई मृत्यबाेध छ । जन्मेपछि जाेकाेही समाप्तिकाे बाटाे जाने नै हाे । मैले सबै बुझेकाे छु । मैले जुन आन्दाेलनमा आफूलाई सानैदेखि समाहित गरेँ, जुन आन्दाेलनमा धेरै समय र उर्वर समय खर्चिएँ । त्यही आन्दाेलन धराशायी हुँदा हेरिरहन सकिनँ, त्यही भएर पार्टी निर्माण गरेँ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *