कैलालीमा नदीमा हाम फालेकी महिला मृत फेला

धनगढी । कैलालीको कान्द्रा नदीमा हाम फालेकी एक महिला मृत फेला परेकी छन् । आइतबार (१२ गते) कान्द्रा नदीमा हाम फालेकी जिल्लाको भजनी नगरपालिका-५ की ४० वर्षीया रीमा डगौराको शव फेला परेको हो ।

उनको शव आज टीकापुर नगरपालिका-७ स्थित मोहना नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । नदीमा हाम फालेको भन्दै आफन्तले नै प्रहरीलाई खबर गरेका थिए ।

मृतकका श्रीमान जयराम डगौराले उक्त शव रीमाकै भएको बताएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

शव पोस्टमार्टमका लागि टीकापुर अस्पाताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *