एमाले कैलालीका अध्यक्ष थापालाई पदबाट हटाइयो

धनगढी । नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई पदबाट हटाइएको छ ।

स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वारलाई हराउन भुमिका खेलेको भन्दै प्रदेश कमिटी बैठकले अध्यक्ष थापालाई पदबाट हटाउने निर्णय गरेको हो ।बैठकले उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष तोक्ने र आगामी साउन १५ भित्र जिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्ने निर्णयसमेत भएको एमाले प्रदेश कमिटी सचिव धर्मराज पाठकले जानकारी दिए ।

जिल्ला कमिटी सचिवालय बैठकले चुनावमा अन्तर्घात गरेको ठहरसहित अध्यक्ष थापालाई अनुशासनको कारबाहीका लागि सिफारिस गरेको थियो । उनलाई अध्यक्षबाट हटाइए पनि संगठित सदस्य भने कायमै राखिएको छ ।

बैठकमा प्रदेश केन्द्रीय सचिव तथा प्रदेश सचिव लेखराज भट्ट, कैलाली इन्चार्ज नारदमुनी राना, प्रदेश कमिटीका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *