का.जि.अ बार एशोसिएशनको अध्यक्षका लागि अधिवक्ता पौडलद्वारा उम्मेदवारी घोषणा

काठमाडौँ । काठमाडौँ जिल्ला अदालत, बार एशोसिएशन कार्यसमितिको अध्यक्ष पदका लागि डी.एल.ए. काठमाडौँको आन्तरिक प्रतिस्पर्धामा अधिवक्ता रामचन्द्र पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।

अधिवक्ता पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् उम्मेदवारी दर्ता गराएकोबारे जानकारी गराएका हुन् । साथै, उनले निर्वाचनमा आफूलाई जिताउन आग्रह गर्दै लेखेका छन्, ‘आफ्नो अमूल्य मत प्रदान गरी विजयी गराउनु हुन वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा अभिवक्ताज्यूहरूमा हार्दिक अनुरोध गर्दछु ।’

अधिवक्ता पौडेललके डेमोक्रेटिक लयर्सका तर्फबाट काठमाडौँको आन्तरिक प्रतिस्पर्धामा उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *