सहरी विकासमन्त्री मेटमणि भन्छन्- देश बनाउन मन्त्री मात्रै इमान्दार भएर पुग्दैन (भिडिओसहित)

काठमाडाैँ । सहरी विकासमन्त्री मेटमणि चाैधरीले आफूले इमान्दारीताका साथ आफ्नाे भूमिका निभाउने बताएका छन् । मंगलबार रिपाेटर्स क्लबमा आयाेजित पत्रकार भेटघाटमा उनले यस्ताे बताएका हुन् । ‘म जति समयसम्म याे पदमा रहन्छु । म मन्त्री भइसकेपछि इमान्दार भएर काम गर्नेछु । आफ्नाे क्षमता, याेग्यता र कुशलताअनुसार काम गर्नेछु ।’

उनले देश बनाउनका लागि मन्त्री वा प्रधानमन्त्री मात्रै इमान्दार भएर नपुग्ने पनि बताएका छन् । ‘अब साँच्ची नै देश बनाउने हाे भने, देश निर्माण गर्ने हाे भने खाली मन्त्री, प्रधानमन्त्री वा उच्च पदस्थमा रहेका व्यक्तिहरू मात्रै इमान्दार भएर हुँदैन । समग्र समाज नै इमान्दार हुनुपर्छ,’ उनले भनेका छन्, ‘त्यहाँ ब्यूराेक्र्याट्स् पनि इमान्दार हुनुपर्छ ।’

नेपालमा ‘नेताहरू काम लाग्दैनन्’ भन्ने मनाेविज्ञान स्थापित भइरहेकाे उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *