सभामुख सापकाेटा अजरबैजान प्रस्थान !

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकाेटा अजरबैजान प्रस्थान गरेका छन् । सङ्घीय संसद्‌का प्रवक्ता राेजनाथ पाण्डेकाअनुसार सभामुख सापकाेटा नेतृत्वकाे प्रतिनिधिमण्डल मंगलबार दिउँसाे अजरबैजान प्रस्थान गरेकाे हाे । प्रतिनिधिमण्डलले अजरबैजान संसद्‌काे आयाेजनामा असार १६-१८ मा आयाेजना हुने असंलग्न आन्दोलन संसदीय नेटवर्कमा सहभागी हुनेछ । त्यसका लागि सभामुख सापकाेटाकाे नेतृत्वमा प्रतिनिधि सभा सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई र सभामुख सापकाेटाका स्वकीय सचिव गोविन्द पाठक रहेका छन् ।

उक्त कार्यक्रममा सभामुख सापकाेटाले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्त्व तथा यो अभियानका पक्ष राष्ट्रहरूका संसद्हरूबीचको सहकार्य अभिवृद्धिका सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दैछन् । यस्तै उनले विभिन्न देशहरूका उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रमसमेत रहेकाे प्रवक्ता पाण्डेले बताएका छन् ।

प्रतिनिधिमण्डलका सहभागीलाई खानेपानीमन्त्री उमाकान्त चौधरी, संघीय संसद्का महासचिव र प्रतिनिधि सभाका सचिवलगायतले बिदाइ गरेका छन् । टाेली असार १९ गते स्वदेश फर्कँदै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *