विराटनगरमा बाढीले २५ घर विस्थापित, इटहरीमा घरमा पानी पस्यो

विराटनगर । सिंघिया खोलामा आएको बाढी विराटनगर ८ को बस्तीमा पस्दा २५ घरपरिवार विस्थापित भएका छन् । अविरल रूपमा आएको पानी पछि विराटनगरको सिङिया र केसलिया खोलामा बाढी आएको छ ।

बाढी विराटनगर महानगरपालिका ८ खोला किनार नजिक रहेको बस्तीमा पसेको प्रहरीले जनाएको छ । खोला किनारमा रहेका अन्य बस्ती पनि जोखिममा रहेको प्रहरीले जनाएको छ । विस्थापितहरूको नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

यस्तै, कटही गाउँपालिका र विराटनगर महानगरका बस्ती छेउका अन्य बस्तीमा पनि बाढी पसेको छ । सुनसरीको इटहरीमा पनि ३० भन्दा बढी घरमा पानी पसेको छ ।
धरान विराटनगर सडकको इटहरी साथी पेट्रोल पम्प छेउमा सडक माथिबाट स्थानीय ट्याङ्ग्रा खोला बगेको छ ।

मध्यरातबाट शुरू भएको पानी रोकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *