अविरल वर्षाका कारण पहिरो जाँदा पाल्पा–बुटवल सडक अवरुद्ध

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत् पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण पाल्पा खण्डको दोभानदेखि सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । आज मंगलबार बिहानदेखि नै पहिराले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आवश्यक पर्ने साधन तथा उपकरणको बन्दोबस्त भए पनि वर्षा नरोकँदा पहिरो हटाउन नसकिएको प्रहरीको भनाइ छ । लेदोसहितको पहिरो खसेर सडक बन्द हुँदा आवतजावतमा यात्रुलाई कठिनाई परेको छ ।

सडक बन्द हुँदा सिद्धार्थ राजमार्ग भएर गुड्ने कुनैपनि सवारीसाधन चल्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *