हैजासम्बन्धी समस्या परे ११८० मा फोन गर्न काठमाडौँ महानगरको सूचना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या परेमा हट लाइन नं ११८० मा फोन सम्पर्क गर्ना महानागर्वासीमा सूचना जारी गरेको छ ।

महानगरले हैजाको समस्या बढ्दै गएको भन्दै समस्या आइपरेको खण्डमा समाधानको पहलका लागि चौबिसै घण्टा उपलब्ध हुने हटलाइन टेलिफोन सञ्चालन गरेको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भन्ने उद्देश्यले काठमाडौँ महानगरले आजै सोमबारदेखि लागू हुने गरी २४ घण्टे हटलाइन सेवा सञ्चालनमा ल्याएको हो ।

कामपा स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार विद्यार्थीहरूलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत् विद्यालयहरूमा जानकारीमूलक कार्यक्रम गर्ने तयारी गरिँदैछ ।

हैजा खानेकुरा र पानीबाट सर्ने भएकाले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिने साथै, सडकमा खुला रूपमा खानेकुरा बेच्न नदिनसमेत नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । महानगरले होटल, रेस्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ ।

कोरोना महामारीका कारण लामो समय थलिएको स्मरण गराउँदै हैजालाई भने महामारीका रूपमा फैलिन नदिन समयमै स्वास्थ्य सरसफाइमा ध्यान दिन जरुरी रहेको महानगरको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *