रामचन्द्रकाे प्रश्न- रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?
२०७९ असार १३ गते

फाइल
काठमाडाैँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पाैडेलले कुनै पनि राजनीतिक दलका नेताहरूमा समाजवादी चरित्र नभएकाे जिकिर गरेका छन् । साेमबार नरबहादुर कर्मचार्य फाउण्डेसनले काठमाडाैँमा आयाेजना गरेकाे ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय अन्तरक्रियामा भाग लिँदै उनले यस्ताे बताएका हुन् । ‘कांग्रेससँग सहकार्य गरेर पनि समाजवाद आउँछ । समाजवाद नआउने हाेइन । त्यसका लागि हाम्राे राजनीतिक चरित्र समाजवादी हुनुपर्छ पहिले त,’ उनले भनेका छन् ।
उनले रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद नआएने ठाेकुवार गरेका छन् । ‘रामकुमारी झाँक्रीहरूलाई रुवाएर समाजवाद आउँछ ?,’ उनले प्रश्न गरे, ‘सबैलाई मन्त्रीहरूकाे पाला पुर्याउनैपर्ने हुन्छ र यस्ताे हुन्छ र व्यवस्था ?’
२०७९ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित








