चित्रबहादुर केसी भन्छन्- वामपन्थीहरूले ‘हामीलाई शासन गरिदिनुपर्‍याे’ भनेर कांग्रेसलाई भन्नुपर्ने अवस्था आयाे

काठमाडाैँ । सत्ता साझेदार दल राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीले पछिल्लाे समय वामपन्थी र गैरवामपन्थीहरूबीच फरक छुट्याउन गाह्राे पर्ने गरेकाे बताएका छन् । साेमबार काठमाडाैँमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै भने, ‘नेपालका कम्युनिष्टहरू गाउँ चिने, घर चिनिनँ भनेजस्तै भएका छन् । दु:ख देखेर आएकाहरू आफू बने, जनताहरू उस्तै रहे ।’

अध्यक्ष केसीले अहिलेकाे गणतन्त्रलाई ‘वुर्जुवा’ भएकाे बताए । ‘हामीलाई जनवादी गणतन्त्र चाहिन्छ । तर अहिले हामी वुर्जुवा गणतन्त्रमा छाैँ । यसले पनि हामीले भनेकाे परिवर्तन गर्दैन,’ उनले भनेका छन् ।

यस्तै उनले नेपालमा कम्युनिष्टहरूले कांग्रेसलाई ‘शासन गरिदिनुपर्‍याे’ भनेर भन्नुपर्ने अवस्था रहेकाे बताए । कम्युनिष्टहरू बिग्रँदा यस्ताे अवस्था आएकाे ठहर अध्यक्ष केसीकाे छ । ‘हामीले कुनै समय त कांग्रेसलाई तल पारेका थियाैँ कम्युनिष्टहरू मिलेर तर, अहिले त्याे अवस्था छैन,’ उनले भनेका छन्, ‘अहिले हेर्नुस् हामी कम्युनिष्टहरूले कांग्रेसलाई लाै न शासन गरिदिनुपर्‍याे ।’

उनले अहिलेकाे नेपालकाे अवस्था अर्थऔपनिवेशिक मात्रै रहेकाे जिकिर गरेका छन् । उनले भने, ‘यसबाट नेपाली जनताहरूका लागि आधारभूत आवश्यकता पूरा गर्न कठिन हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =