माधवकाे दाबी- सबै ठाउँमा उम्मेदवारी दिएको भए २० लाख मत पाउँथ्याैँ

काठमाडाैँ । नेकपा [एकीकृत समाजवादी]का अध्यक्ष माधवकुमार नेपालले गत वैशाख ३० काे स्थानीय तह निर्वाचनमा सबै पालिकाहरूमा उम्मेदवारी दिएको भए आफूहरूले २० लाखभन्दा बढी मत ल्याउने दाबी गरेका छन् । साेमबार शुरू भएकाे पार्टीका पहिलाे केन्द्रीय परिषद्‌काे बैठकलाई सम्बाेधन गर्दै भने, ‘हामीले यसपटक झन्डै २८ प्रतिशत उम्मेदवार मात्रै खडा गरेका थियाैँ । यसमा ९ लाख मत पायाैँ । यदि हामीले सबै ठाउँमा उम्मेदवारी दिएको भए योभन्दा दोब्बर मत पाउने थियाैँ । कम्तीमा पनि २० लाखको सेरोफेरोमा मत पाउने थियाैँ । २० लाख मत पाउने हो भने प्रतिनिधि सभामा हाम्रो केही सिट सुरक्षित हुनेछ,’ उनले भनेका छन् ।

यस्तै उनले अब सम्पूर्ण ध्यान आगामी प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा लगाउनुपर्नेमा जोड दिए । उनले भने, ‘अब हामीले हाम्रो ध्यान एउटै कुरामा केन्द्रित गर्नुपर्छ । त्यो हो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन । अब हाम्रो सम्पूर्ण ध्यान त्यसमै राख्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =