राजीनामापछि रामकुमारीकाे प्रण- तपाईंहरूको आशालाई निराश हुन दिन्नँ

काठमाडाैँ । निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जनताकाे आशालाई निराशामा परिणत हुन नदिने प्रण गरेकी छन् । मन्त्री पदबाट आइतबार रुँदै राजीनामा दिएकी उनले आइतबार बिहान दिउँसाे आफ्नाे आधिकारिक फेसबूकमा लेखेकी छन्, ‘म तपाईंहरूको आशालाई निराश हुन दिने छैन भन्ने संकल्प लिँदै अगाडि बढ्नेछु ।’

उनले आफूसँग सहकार्य गर्ने मन्त्रालयका सचिवदेखि निजी सचिवालयका सहयाेगीदेखि परिवारसम्मलाई धन्यवाद दिएकी छन् । ‘खासगरी मेरो मन्त्रालयको समग्र टिम जसले मलाई सहरी भाषा बोल्न सिकाउनुभयो, उहाँहरू प्रत्येकलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले भनेकी छन् ।

यस्तै उनले नवनियुक्त मन्त्री मेटमणि चाैधरीलाई बधाई दिएकी छन् । उनले आइतबार पदबाट राजीनामा दिएकी हुन् । उनकाे दल एकीकृत समाजवादीले जेठ २२ गते नै उनीलगायतका अन्य ३ मन्त्रीहरूलाई फिर्ता बाेलाएर नयाँ मन्त्रीहरू पठाएकाे हाे । उनीहरूले आजै बिहान शपथ ग्रहण गरिसकेका छन् भने जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =