रामकुमारीबाहेक मन्त्रीबाट हटाइएका ३ नेताहरू पुगेनन् पार्टीकाे बैठकमा
२०७९ असार १३ गते

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा [एकीकृत समाजवादी] काे केन्द्रीय परिषद्काे पहिलाे बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानकाे भवनमा बसिरहेकाे छ । बैठकमा सङ्घीय सरकारकाे मन्त्री पदबाट फिर्ता गरिएका ३ जना नेताहरू अनुपस्थित छन् । फिर्ता भएकामध्ये रामकुमारी झाँक्री भने भर्खरै पुगेकी छन् ।

यसअघि बसेकाे पार्टीकाे केन्द्रीय कमिटी बैठकमा पनि तीन नेताहरू उपस्थित थिएनन् । आफूहरूले राम्रो काम गरिरहँदा पनि पार्टीले बेला न कुबेलामा सरकारबाट ‘अपराधीजस्ताे व्यवहार’ गरेर फिर्ता बाेलाएकाे दाेहाेर्याइरहेका उनीहरू अनुपस्थित भएका हुन् ।
बैठकमा अनुपस्थित हुनेहरूमा निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेम आले, निवर्तमान श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा छन् ।

२०७९ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित








