नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठकाे पहिलाे निर्णय- हनुमान ढाेकादेखि स्वयम्भूसम्मकाे पदमार्ग बनाउने

काठमाडाैँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गरेसँगै २ वटा निर्णय गरेका छन् । साेमबार पदभार ग्रहण गर्दै उनले हनुमान ढाेकादेखि स्वयम्भूनाथसम्मकाे पदमार्ग निर्माण गर्ने निर्णय गरेका हुन् ।

यस्तै मन्त्री श्रेष्ठले काेराेनाभाइरसले पर्यटन क्षेत्रमा पारेका प्रभावबारे अध्ययन गर्नेबारे पनि निर्णय गरेका छन् । त्यसका लागि एउटा समिति बनाउने निर्णय उनले गरेका छन् । उक्त समितिले एक हप्ताभित्र अध्ययन प्रतिवेदन बुझाउने छ ।

पदमार्ग बनाउनेबारे उनले आफू सांसद हुँदादेखी नै पहल गर्दै आएका थिए ।

यस्ता छन् निर्णयहरू:

१, काेराेनाभाइरसले पर्यटन क्षेत्रलाई पारेकाे प्रभावबारे अध्ययन गर्ने र कार्ययाेजना बनाएर अघि बढ्ने । त्यसका लागि अध्ययन समिति बनाउने । उक्त समितिले ७ दिनभिित्र अध्ययन प्रतिवेदन बुझाउने ।

२, हनुमान ढाेकादेखि स्वयम्भूसम्म पदमार्ग निर्माण गर्ने । जसकाे थालनी चाँडै गर्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =