केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गर्दै बाबुराम समूह, सशंकित नेता/कार्यकर्ता !

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षले केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिरहेको तथ्य सार्वजनिक भएको छ । पार्टीमा आन्तरिक विवाद चलिरहेका बेला हस्ताक्षर संकलन गरिरहेको तथ्य सार्वजनिक भएको हो ।

दर्जनबढी नेताहरूले हस्ताक्षरको दुरुपयोग हुनसक्ने भन्दै ध्यानाकर्षण जारी गरेका छन् । स्थानीय तहको चुनाव अघि र चुनाव पछि केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरिएको नेताहरूको भनाई छ ।

उनीहरुकाअनुसार यसरी हस्ताक्षर संकलनको स्पष्ट उद्देश्य नभनिएको तर पार्टी विभाजन गर्ने र आफ्ना मान्छेलाई मन्त्री बनाउने चर्चा चलेको छ । शीर्ष नेताकै नेतृत्वमा हस्ताक्षर संकलन भएको भन्दै जसपाका नेताहरूले पार्टीको विधानअनुसार कारबाही गर्न माग गर्दै पार्टी नेतृत्वलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *