नयाँ मन्त्रिमण्डलमा पुन: गैरसांसद समावेश

काठमाडौँ । आज आइतबार साँझ मन्त्रीपरिषद पुनर्गठन भएको छ ।

२४ सदस्यीय मन्त्रिमण्डल गठन हुँदा ४ जना नयाँ मन्त्री नियुक्त भएका छन् । नवनियुक्त ४ मन्त्रीमध्ये एकजना मन्त्री गैरसांसद हुन् ।

प्रधानमन्त्री देउवाको क्याबिनेटमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्त शेरबहादुर कुँवर गैरसांसद हुन् कुँवर सांसद छैनन्। यसअघि पनि प्रधानमन्त्री देउवाले गैरसांसदलाई मन्त्रिमण्डलमा समावेश गरेका थिए । देउवाले यसअघि गैरसांसद कानुनविद् गोविन्द बन्दीलाई कानुन मन्त्रालय दिएका थिए ।

संविधानका अनुसार सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी समय मन्त्री बन्न नपाउने व्यवस्था छ । प्रधानमन्त्री ६ महिनापछि मंसिरमा प्रदेश र संघीय निर्वाचन गर्नेगरी गैरसांसदलाई मन्त्रिमण्डलमा समावेश गरेको एकीकृत समाजवादीले बताएको छ ।

गैरसांसद रहेका नवनियुक्त श्रममन्त्री कुँवरको घर अछाम हो भने उनी हाल एकीकृत समाजवादीको केन्द्रीय नेता हुन् । कुँवरले गत फागुनमा राष्ट्रिय सभामा आफ्नो चार वर्षे कार्यकाल पूरा गरेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =