सभामुख भन्छन्- संसद्मा काम गर्न नपाउँदा उकुसमुकुस भएकाे थियाे (भिडिओसहित)
२०७९ असार १२ गते

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकाेटाले संसद्मा काम गर्न नपाउँदा उकुसमुकुस भएकाे बताएका छन् । केही समयअगाडि प्रमुख प्रतिपक्ष दल नेकपा [एमाले] ले गरेकाे सदन अवरुद्धतर्फ लक्षित गर्दै उनले भने, ‘मैले सक्दाे समयकाे व्यवस्थापन गर्न खाेजेकाे हुन्छ । मैले सदनमा घन्टी बजाउनुअघि नै बाेल्ने सांसदहरूकाे लाइन लाग्ने गर्छ । हामीले संसद्लाई सूतवाक्यका रूपमा लिएका छाैँ । याे मानेमा हामीले संसद्लाई जीवन्त बनायाैँ ।’
तर संसद् जीवन्त बनाएर मात्रै नहुने तर्क उनकाे छ । आइतबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा उनले भनेका छन्, ‘जनमुखी हुनुपर्याे । जनमुखी हुनलाई कानूनहरू बन्नुपर्याे । फेरि कानून बनाएर मात्रै हुँदैन, गुणस्तरीय बन्नुपर्याे । हामी त्यसकै अभ्यासमा छाैँ ।’
२०७९ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित








