सुख्खा पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । इच्छाकामना गाउँपालिक वडा नं ४ स्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको छ । घटनास्थल मुग्लिनबाट ३ किलोमिटर उत्तरमा पर्छ । आज दिउँसो १२ः१० बजेदेखि अवरुद्ध भएको सडक सञ्चालनमा आउन नसकेको चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले बताए । उनकाअनुसार मुग्लिनबाट काठमाडौँ जाने र काठमाडौँबाट पोखरा, नारायणगढका लागि छुटेका गाडीहरु पहिराेका कारण ओहोरदोहोर हुन पाएका छैनन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षकुसहितको प्रहरी टोलीले डिभिजन सडक कार्यालयसँग समन्वय गरी पहिरो पन्छाउने कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *