बुटवल मण्डपको नाम गिरिजाप्रसाद राख्ने प्रस्ताव खारेज गर्न युवा संघकाे माग

काठमाडाैँ । नेकपा [एमाले] को युवा संगठन राष्ट्रिय युवा संघले बुटवल मण्डपको नाम गिरिजाप्रसाद कोइराला बुटवल मण्डप राख्ने प्रस्तावप्रति आपत्ति जनाएको छ । बुटवल उपमहानगरपालिकामा राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको बुटवल मण्डपको नाम गिरिजाप्रसाद कोइराला बुटवल मण्डप राख्ने उपमहानगरको प्रस्तावप्रति युवा संघले आपत्ति जनाएको हाे । यसपछि युवा संघ, बुटवल उपमहानगर कमिटी र राष्ट्रिय युवा संघ नेपाल बुटवल ६ कमिटीले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै यसका विराेध जनाएका छन् । उनीहरूले बुटवल मण्डपलाई राजनीतिकरण खाेजिएकाे उल्लेख गर्दै यसाे नगर्न उपमहानगरको ध्यानाकर्षण गराएका छन् ।

असार ८ गते आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख खेलराज पाण्डेले बुटवल मण्डपको नामका अगाडि गिरिजा प्रसाद कोइरालाको नाम राख्ने घोषणा गरेका थिए । तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरीजाप्रसाद कोइरालाले बुटवल मण्डपको जग्गा प्राप्तिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले काेइरालाकाे सम्मानमा गिरिजा प्रसाद कोइराला बुटवल मण्डप नामाकरण गरिने घोषणा गरेका थिए । यसपछि युवा संघले यसकाे विराेध गरेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *