भरतपुर विमानस्थलको टावर नजिकै आगलागी

चितवन । भरतपुर विमानस्थलको टावर नजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए । उनका अनुसार बिहान पौने ४ बजेको समयमा टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासी आगो लागेको थियो ।

बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको छैन । आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको सूचना अधिकारी अधिकारीको भनाई छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *