माधवकाे असन्तुष्टि- ‘गठबन्धनले हाम्राे शक्तिलाई अवमूल्यन गरेर अपमान गर्‍याे’

काठमाडाैँ । नेकपा [एकीकृत समाजवादी] का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलका घटकहरूले आफूहरूकाे शक्तिकाे अवमूल्यन गरेकाे भन्दै असन्तुष्टि पाेखेका छन् । आइतबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा भने, ‘गठबन्धन दलका घटकहरूले हाम्राे शक्तिलाई बेवास्ता गरेर आफू-आफूमात्रै मिले । हाम्राे साथीहरूलाई अपमान गरे । धाेका पनि दिए ।’

तर पुन: आफूहरूले समीक्षा गरेर एकपटकका लागि ‘भइहाल्याे’ भनेर भनेकाे उनले बताए । त्यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफूहरूकाे कमजाेरी स्वीकारेकाे बताए । ‘माओवादी केन्द्रका नेता प्रचण्डले कर्णाली प्रदेशकाे समीक्षा गर्दाखेरी हाम्राे तर्फबाट कमजाेरी भएकै हाे भनेर भन्नुभयाे । अब बाँकी दिनमा कमजाेरी हुँदैन भनेर ठिकै भन्याैँ हामीले । कमजाेरी स्वीकार्नु पनि ठूलाे कुरा हाे,’ उनले भनेका छन् ।

एकीकृत समाजवादीले गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेस-माओवादी केन्द्र मात्रै मिलेकाे निष्कर्ष निकालेकाे छ ।

♦ याे पनि:
   माधवकाे आराेप- हामी वाम लाेकतान्त्रिक हाैँ, केपी ओली ‘दक्षिणपन्थी’ हुन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *