माधवकाे आराेप- हामी वाम लाेकतान्त्रिक हाैँ, केपी ओली ‘दक्षिणपन्थी’ हुन्

काठमाडाैँ । नेकपा [एकीकृत समाजवादी]का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा २ वटा गठबन्धन रहेकाे बताएका छन् । आइतबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा उनले भने, ‘दुईवटा गठबन्धन छ । एउटा दक्षिणपन्थी र अर्काे वाम लाेकतान्त्रिक; जसमा हामी वाम लाेकतान्त्रिक हाैँ भने केपी ओलीले दक्षिणपन्थीहरूकाे गठबन्धनकाे नेतृत्व गरेका छन् । गत निर्वाचनमा एमाले राप्रपा नेपाललगायतका दलहरूसँग मिलेकाे उल्लेख गर्दै उनले थपे, ‘हामी देशकाे हितमा गठबन्धनमा छाैँ । हामी दक्षिणपन्थी हाेइनाैँ ।’

उनले ओलीले एसपीपीलगायतका राष्ट्रघाती सम्झाैता गर्न खाेजेकाे टिप्पणी गरे । ‘आफैँ प्रधानमन्त्री र रक्षामन्त्री भएकाे बेलामा पत्र लेख्छ । र त्याे पछि खुलिसकेपछि थाहै भएन भन्छ र निरीहता प्रकट गर्छ । कि काम गर्ने कुरामा त्रुटि छ कि साेचाइमै त्रुटि छ । हामी नराम्राे गर्दैनाैँ । हामी परिवर्तनकामी हाैँ । हामीले हिजाे पनि गणतन्त्रकाे झण्डा उठायाैँ । हामीसँग परिवर्तनकाे विश्वास छ ।’

उनले देशव्यापीरूपमा आफ्नाे पार्टी विस्तार भएकाे दाबी गरेका छन् । ‘हामीले युवाहरूकाे समर्थन प्राप्त गरेका छाैँ,’ उनले भने, ‘यसाे हुँदा हाम्राे पार्टी छाेटाे समयमै विस्तार भएकाे छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *