लोसपा र लोक दलबीच आज एकता हुने

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज एकता हुने भएको छ । यी दुई पार्टीबीच आज दिउँसो साढे २ बजे लोसपा केन्द्रीय कार्यालय बबरमहलमा एकता हुने भएको हो ।

कौशल सिंहको नेतृत्वमा रहेको लोक दल लोसपासँग एकीकरण गर्न लागेको र सिंहलाई लोसपाको कार्यकारिणी समितिमा ल्याउने सहमति भएको बताइएको छ । सिंह यसअघि उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका थिए । तर, त्यो एकीकरण लामो समयसम्म टिक्न सकेन ।

उनी फोरमबाट अलग भएर छुट्टै पार्टी सञ्चालन गर्दै आइरहेका थिए । संघ र प्रदेशको चुनावको मिति घोषणाको पूर्वसन्ध्यामा लोसपा र लाेक पारीबीचमा एकीकरण हुन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *