भारतीय राजदूत श्रीवास्तव काठमाडौँमा, राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाउने तयारी

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आज शनिबार काठमाडौँ आइपुगेका छन् ।

आज शनिबार अपराह्न काठमाडौँ आइपुगेका राजदूत श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाउने कार्यक्रम छ । राष्ट्रपतिसमक्ष प्रमाणपत्र बुझाइसकेपछि उनले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्नेछन् ।

चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका नवनियुक्त राजदूत श्रीवास्तव भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका हुन् ।
यसअघि उनी भारतको विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजनका प्रमुख समेत रहिसकेका छन् । चीनका मामिलामा उनलाई जानकारका रूपमा लिने गरिन्छ ।

यसअघि, पूर्व राजदूत क्वात्राले नेपालका लागि सो जिम्मेवारी सम्हाल्दै आएका थिए । हाल क्वात्रा भारतका विदेश सचिव छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *