महिला पार्टी खोल्ने मेरो कुनै योजना होइनः रामकुमारी झाँक्री

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले छुट्टै पार्टी खोल्नेबारे आफ्नो कुनै योजना नभएको स्पष्ट पारेकी छन् ।

केही दिनअघि मात्र मन्त्रीबाट फिर्ता बोलाउने निर्णय भएपछि उनले महिलाको ठाउँमा महिलालाई सिफारिस नगरिएको भन्दै छुट्टै महिला पार्टी खोल्नेबारे सामाजिक सञ्जालमा बहस चलाएकी थिइन् । आज शनिबार उक्त पोस्ष्टबारे स्पष्टीकरण दिँदै मन्त्री झाँक्रीले आफ्नो कुनै त्यस्तो योजना नभएकोदाबी गरेकी हुन् ।

उनले पत्रकार रवि लामिछानेले ‘स्वतन्त्र’ नाम राखेर नयाँ पार्टी खोलेको जल्दोबल्दो विषयमा आफूले खोज्दै जाँदा ‘ग्राब्रिया’ नामक महिलाहरूको पार्टीबारे थाहा पाएको र सोबाट प्रभावित भई आफूले रुचि हुनेहरूसँग बहस गरौँ भन्नलाई मात्र महिला पार्टी खोल्ने विषयमा पोस्ट गरेको बताएकी छन् ।

उनले सो पोस्टसँग आफ्नो कुनै योजना नजोडिएको दाबी गरेकी छन् । साथै, महिला पार्टी सम्बन्धित सो पुरानो पोस्ट पनि उनको फेसबुकबाट अहिले हटिसकेको छ ।

उनले भनेकी छन्, ‘केही दिनअघि रविजीले नेपाल स्वतन्त्र पार्टी नाम राखेर पार्टी खोलेपछि स्वतन्त्र शब्द राखेर पार्टी बनाउन नहुने भन्ने बहस चलिरहेको छ। नाम प्रगतिशील सिद्धान्त र कार्यक्रम भएका पार्टीहरूको नामको लिष्ट बनाएर गुगल सर्च गरेँ। अनि यो तलको पार्टीको नाम भेटेँ, सिद्धान्त पढेपछि मलाई मनपर्यो। सार्वजनिक बहस गरौं न भन्ने ठानेर रूचि हुने साथिहरूको लागि पोष्ट गरेको हुँ। यो पोष्टसंग मेरो कुनै योजना जोडिएको विषय भने होइन।’

स्पष्टीकरणः

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *