अनेरास्ववियुको निरन्तरको खबरदारीपछि सरकारले घुँडा टेकेको छः अध्यक्ष सुनिता बराल

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले घोषणा गरेका सम्पूर्ण कार्यक्रम स्थागित गरेको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आज शनिबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् खुला विज्ञप्ति जारी गर्दै अनेरास्ववियुको निरन्तरको खबरदारीपछि सरकारले आफ्नो कम सच्चयाएको भन्दै अब सो विषयमा निर्धारण गरिएका विरोध कार्यक्रमहरू रद्द भएको जानकारी गराएकी हुन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘अनेरास्ववियुको आन्दोलन र निरन्तरको खबरदारीपछि आज सरकारले घुँडा टेकेको छ, योसँगै अनेरास्ववियुले घोषणा गरेको सम्पूर्ण संघर्षका कार्यक्रम स्थागित भएको जानकारी गराउन चाहन्छौँ ।’

पेट्रोलियम पदार्थमा मूल्य घटाउने सन्दर्भ सकरात्मक भएको भन्दै अनेरास्ववियुले यस समस्याको दिर्घकालीन समाधान खोज्न जरुरी रहेको औंल्याएको छ ।  अगाडि लेखिएको छ, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै अति आवश्यक वस्तु र सार्वजनिक यातायातको भाडा पनि निरन्तर बढिरहेको छ । तर, पटक-पटकको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य क्षेत्रमा पारेको असर र बढ्दो महँगी नियन्त्रण गर्न सरकार असफल भइसकेको अवस्थामा हामीले निरन्तर खबरदारी गर्नु पर्ने देखिन्छ ।’

यस्तै, विज्ञप्तिबाटै अनेरास्ववियुले सरकारले निश्चित व्यापारी घरानालाई पोस्न नीतिगत भ्रष्टाचार गरिरहेको आरोप समेत लगाएको छ । अनेरास्ववियुले सरकारलाई चेतावनी दिँदै भनेको छ, ‘आज महङ्गीले जनताको चुलो नबल्ने अवस्था छ, तसर्थ सरकारलाई आफ्ना मातहतका निकाय परिचालन गरेर बजार अनुगमनलाई चुस्त पर्न र बढ्दो महङ्गीलाई नियन्त्रणमा लिन जोडदार माग गर्दछौँ । अन्यथा, अनेरास्ववियु जनताको जनजीविकाको पक्षमा सडकमा उत्रने चेतावनी दिन चाहन्छ ।’

साथै, अनेरास्ववियुले आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण विद्यार्थी नेताहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै आन्दोलनमा साथ दिने र ऐक्यबद्धता जनाउने सबैलाई धन्यवाद दिएको छ ।

स्थगित भएका घोषित कार्यक्रमको सूचीः

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *