सरकारको निर्देशनमा पेट्रोलियम पदार्थकाे मूल्यमा भारी कटौती

काठमाडौँ । सरकारको निर्देशनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्यमा भारी कटौती गरेको छ ।

सत्ता गठबन्धनको निर्णयअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटाैती गरेकाे छ । अब डिजेल र मट्टीतेलमा र पेट्रोलको मूल्य घटेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडुले जानकारी गराएका छन् । उनका अनुसार पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गरेर मूल्य घटाइएको हो ।सरकारको निर्देशनपछि केहीबेर अघि बसेकाे निगम सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

निगमले डिजेलमा २९ रुपैयाँ कर घटाएको छ भने पेट्रोलमा २० रुपैयाँ कर घटाएको छ । योसँगै अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १७९ रुपैयाँ कायम भएको छ भने डिजेलको प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ ।

नयाँ मूल्य आजैबाट लागू हुनेछ ।

विज्ञप्तिः
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *