कात्तिक ३० गते होला त संघ र प्रदेशको चुनाव ?

काठमाडौँ । आउँदो ३० कात्तिकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने गरी निर्वाचन आयोगले तयारी शुरु गरेको छ । आयोगले सरकारमा यहि मितिमा निर्वाचन गर्ने प्रस्ताव लैजाने तयारी गरेकाे हाे ।

निर्वाचनको मिति तोक्ने अधिकार आयोगको नभई सरकारको हो, आयोगले प्रस्तावमात्रै गर्छ । सोही कारण सरकारमा प्रस्ताव लैजाने र जानकारी दिने तयारी आयोगको छ । सरकारले पनि कात्तिक र मंसिरको बिचमा आम निर्वाचन गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सत्ता गठबन्धनको बैठकमा सोही प्रस्ताव अघि सारेका थिए ।

बिहीबार प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा भएको छलफलमा प्रमुख आयुक्त थपलियाले भने, ‘ट्वाक्कै निर्वाचनको मिति भनिदिँदा संसद्मा गएर निर्वाचनको मिति तोकेछन् भन्लान, तर आयोगले मंसिर १० गते भित्र प्रदेश र संघको निर्वाचनको काम सक्ने गरी आन्तरिक तयारी गरेको छ ।’

स्रोतका अनुसार कात्तिक २८ भन्दा अगाडि चुनाव गर्न निर्वाचन आयोगको आफ्नो तयारी पुग्दैन । निर्वाचनका लागि तयारी कम हुने भएकाले आयोगले कात्तिक ३० का लागि प्रस्ताव लगेको हो । अहिले मतदाता नामावली संकलन भइरहेको छ । मिति सार्वजनिक गर्दा नामावलीमा असर पर्ने अनुमान आयोगको छ ।

मंसिरको पछिल्ला सातामा निर्वाचन गर्न हिमाली जिल्लाहरुमा मतदान गर्न कठिन हुन्छ । साथै असोज-कात्तिकको बीचमा दशैं, तिहार र छठ पर्व परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =