नाडाद्वारा गण्डकी प्रदेशले बढाएको सवारी कर खारेज गर्न माग

६–६ महिनामा सवारी जाँचपासको नीति फिर्ता लिन आग्रह

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले गण्डकी प्रदेश सरकारले बढाएको सवारी कर खारेज गर्न माग गरेको छ । प्रदेश सरकारले हालै ल्याएको आगामी आर्थिक वर्षको बजेटमार्फत सवारी कर वृद्धि गरिएपछि नाडाले यस्तो माग गरेको हो ।

त्यस्तै, उक्त बजेटले ६(६ महिनाको अन्तरालमा सवारी साधानको जाँचपास गराउनु पर्ने नीतिगत व्यवस्था गरे पनि उक्त व्यवस्था पनि खारेज गर्न माग गरेको छ ।

नाडाले विगतदेखि नै सबै प्रदेशमा सवारी साधनको कर समान हुनुपर्ने माग राख्दै आएको छ ।

यही अनुसार केही महिनाअघि मात्रै ७ वटै प्रदेशका मन्त्रीहरुको बैठक बसी सबै प्रदेशमा समान सवारी कर लागु गर्ने सहमतीसमेत भइसकेको थियो । तर, सो सहमती विपरीत गण्डकी प्रदेश सरकारले मात्र एकतर्फी रुपमा भारी मात्रामा सवारी कर बढाएको भन्दै र झण्झटीलो जाँचपासको नीति लिएको भन्दै त्यसको विरोध गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *