रवि लामिछाने भन्छन्- बालेन्द्र र हर्कहरूलाई पार्टीमा ल्याउन प्रयास गर्छाैँ

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडाैँ महानगरपालिका र धरान उपमहानगरपालिकामा स्वतन्त्ररूपमा जितेका बालेन्द्र शाह, हर्कराज राईलगायतलाई आफ्नाे पार्टीमा ल्याउनक लागि प्रयास गर्ने बताएका छन् । शुक्रबा रिपाेटर्स क्लबमा आयाेजित पत्रकार सम्मेलनमा पत्रकाहरूसँग संवाद गर्दै भने, ‘बालेन शाहजी र हर्क साम्पाङजी जस्ता मान्छेहरूकाे साथ हामीलाई मात्र होइन, अन्य दललाई पनि आवश्यक छ । तर हामीले प्रयास गर्छाैँ ।’

त्यसअघि उनले भनेका छन्, ‘हामीले पार्टी खोल्दा बालेन र हर्क निर्वाचित भइसक्नुभएको थियाे । उहाँहरू निर्वाचित भइसकेपछि हामी स्वागत गर्न तयार छाैँ । तर उहाँहरूसँग कुरा भएको छैन । उहाँहरूले काम गरिराख्नु भएको छ । याे राम्राे हाे ।’ यस्तै बालेन र हर्कहरूलाई असफल हुने छुट नभएको उनले बताएका छन् । उनले भनेका छन्, ‘उहाँहरूलाई काम गर्न दिनुपर्छ । काम गरेर देखाउनु पनि छ । उहाँहरुलाई फेल हुने सुविधा पनि छैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टीमा आए पनि नआएपनि उनीहरूलाई सल्लाह र सुझाव आवश्यक भए आफूहरू २४ सै घण्टा तयार हुने रविले बताएका छन् ।

♦ याे पनि:
   दाजु हरिशरणप्रति रविकाे सहानुभूति : जसले मलाई उठ्न सिकायाे, उविरुद्ध कहिल्यै उठ्दिनँ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =