पोखरा महानगर : एमालेले च्यात्याे ‘राताे किताब’, नगरसभा स्थगित
२०७९ असार १० गते

काठमाडाैँ । पाेखरा महानगरपालिकामा नेकपा [एमाले] ले नगरसभा बहिष्कार गरेकाे छ । एमालेले बजेट वक्तव्यअघि रातो किताब [वार्षिक विकास कार्यक्रम पुस्तिका] ल्याएको भन्दै नगरसभा बहिष्कार गरेकाे हाे । उनीहरूले सभास्थलमै नाराबाजी गरेका छन् ।
नगरप्रमुख धनराज आचार्यले भने उक्त पुस्तक रातो किताब नभई ‘ड्राफ्ट’ मात्र भएको बताएका छन् ।
एमालेका नेता राधिका शाहीले महानगरले छापेकाे रातो किताब च्यातेर विराेध जनाइन् । नगरसभा शुरू हुनेबित्तिक्कै नाराबाजीमा अहिले नगरसभा स्थगित गरिएकाे छ ।

२०७९ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








